काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले मेयर विद्यासुन्दर शाक्यले महानगरको रकम हिनामिना गरेको आरोप लगाएकी छन्।
राजधानीमा बुधबार आयोजित कांग्रेस जागरण अभियानमा खड्गीले कसैलाई थाहा नदिई महानगरको एक अर्ब रुपैयाँ व्यक्तिगत खातामा जम्मा गरेको आरोप लगाएकी हुन् । कार्यक्रममा उनले भनिन, ‘म मेयरसाप् जस्तो असंस्कारी होइन, उहाँ त निधारमा चन्दन लगाएर पशुपति पनि पुग्नुहुन्छ, बौद्ध पनि पुग्नुहुन्छ, सम्पदा मास्न लागिपर्नुभएको छ।’
‘महानगरको एक अर्ब बजेट उहाँले कसैलाई थाहै नदिई आफ्नै व्यक्तिगत खातामा राख्नुभएछ,’ खड्गीले भनिन्, ‘तीन महिनापछि थाहा पाएँ र छक्क परेँ।’
खड्गीले खुलामञ्चमा पसल राख्ने अनुमति कसले दियो भनेर प्रश्न गर्दै आफूले पटकपटक खुलामञ्चबारे कुरा राख्दा पनि शाक्यले नसुने झैँ गरेको आरोप लगाइन् ।































प्रतिक्रिया