काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सत्ता कब्जा गर्न लागेको आरोप लगाएका छन् । पार्टीको ‘राष्ट्रिय जागरण अभियान’ को बुधबार काभ्रेको धुलिखेलमा उद्घाटन गर्दै नेता कोईरालाले सत्तारुढ नेकपाले सत्ता कब्जा गर्न खोजेको आरोप लगाए । उनले सरकार गठन भए यताको क्रियाकलाप हेर्दा नेकपाले सत्ता कब्जा गर्न खोजेको देखिएको उनको दाबी छ ।
मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रम पारित गर्ने क्रममा सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको पक्ष लिएको कुराले पनि त्यसको संकेत गरेको उनले दाबी छ । राजस्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण, अनुसन्धान विभाग आदि प्रधानमन्त्री अन्तर्गत ल्याउनु सत्ता कब्जाको पूर्वअभ्यास भएको कोइरालाको दाबी छ ।
कार्यक्रममा बोल्दै कोइरालाले नेपाली सेनालाई पनि सरकारले विवादित गर्ने प्रयास गर्दै आएको बताए । सबै विकासका काम दिएपछि सेनाले गर्नुपर्ने काम गर्न नसकेको उनको भनाई छ । ‘सेनाले गर्नुपर्ने काम नगरेर सरकारले विकास निर्माणको कामको जिम्मा दिँदै हिँडेको छ । अब सेनाले आफ्नो काम गर्ने कि सरकारको ?’ भन्दै प्रश्न गरे ।































प्रतिक्रिया