प्रतिनिधिसभामा आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

प्रतिनिधिसभामा आज अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे सुरु हुने बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ । 

बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ ।

यसैगरी, विनियोजन विधेय, २०८१ लाई प्रस्तुत गर्न अनुमतित माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

यस्तै, अर्थमन्त्री पुनले विनियोजन विधेयक, २०८१ प्रस्तुत गर्ने, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ प्रस्तुत गर्ने, भन्सार महशुल विधेयक, २०८१ प्रस्तुत गर्न अनुमति मान्गने प्रस्ताव प्रस्तुत गर्ने भन्सार महशुल विधेयक,२०८१ प्रस्तुत गर्ने कार्यसूची छ ।

Skip This
Skip This
Logo