मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाँचौं पटक विश्वासको मत लिँदै

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाँचौं पटक विश्वासको मत लिँदै

केन्द्रबिन्दु
84
Shares

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने तयारी गरेका छन् ।

मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । आफूले विश्वासको मत लिने भनेर मुख्यमन्त्री यादवले मंगलबार मात्र प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए ।

तर उनले विश्वासको मत नपाउने निश्चित जस्तै छ । त्यसैले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने विषयमा आज दिउँसो १०  बजे बस्ने जसपा संसदीय दलको बैठकले तय हुने एक सांसदले बताए । वैशाख २३ मा मुख्यमन्त्री यादव रहेको जसपा नेपाल विभाजन भएको थियो । ३० वैशाखमा नेकपा  एमाले र  नेकपा माओवादी  केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएको थियो ।

Logo