दक्ष चिकित्सक उत्पादनमा जोड दिनोस्: प्रधानमन्त्री

दक्ष चिकित्सक उत्पादनमा जोड दिनोस्: प्रधानमन्त्री

केन्द्रबिन्दु
42
Shares

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने बताएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षदेखि एमबीबीएस तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउन निर्देशन दिएका छन् ।

दाहालले भने, ‘चिकित्सा शिक्षाको स्नातकोत्तर तह सञ्चालनमा आएपछि यो प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने सरकारको अपेक्षा छ । आगामी आर्थिक वर्षदेखि एमबीबीएस तहमा अध्ययनअध्यापन गराउने प्रतिष्ठानको उद्देश्य पूरा भएकाले व्यवस्थित कार्यतालिकासहित प्रतिष्ठानका कामहरू अगाडि बढाउनेछ ।’

उनले भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा र समग्र देशकै लागि दक्ष चिकित्सक उत्पादनमा प्रतिष्ठानले खेलेको भूमिका सबै प्रतिष्ठानका लागिसमेत अनुकरणीय रहेको उल्लेख गर्दै प्रतिष्ठानको विकास, विस्तार र उन्नयनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । उनले अर्थतन्त्रमा विद्यमान दवाव र स्रोत विनियोजनमा देखिएको सङ्कुचनका बीच पनि सरकारले प्रतिष्ठानको विकास र सेवा विस्तारमा प्राथमिकता दिएको बताए ।

Logo