मधेसका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने

मधेसका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने

केन्द्रबिन्दु
15
Shares

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिने भएका हुन्।

यस अघि आज बस्ने बैठकमा विश्वासको मत लिने कार्यसूची भएपनि उनले आफू विरामी रहेको भन्दै जेठ २८ गते विश्वासको मत लिने पत्र प्रदेश सभा सचिवालयमा पठाएका थिए। तर, उनको विश्वासको मत लिने आज अन्तिम दिन भएको र आज विश्वासको मत नलिएमा स्वत: पदमुक्त हुने भएपछि विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेस र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विश्वासको मत दिने भएका छन्। तर यतिले मात्र उनले विश्वासको मत पाउने अवस्था रहेको छैन।

सरकारको प्रतिनिधि भएपछि स्थगित भएको प्रदेशसभा बैठक केहीबेर पुनः सुरू हुने बताइएको छ।

१०७ सदस्यीय मधेश प्रदेशमा एमालेका सभामुख सहित २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपा र माओवादी केन्द्रका ९-९, एकीकृत समाजवादीका ७ सांसद छन् भने संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद छन्।

Skip This
Skip This
Logo