कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

बुधबार प्रदेश सभा बैठकमा प्रदेश प्रमुख तिलक परियारले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेश सरकारको नीति तथा कार्यक्रममा शिक्षा, स्वाथ्य, कृषि, सिँचाइलगायतका पक्षहरुलाई प्राथमिकता दिइएको छ।

नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक तयारीसँगै पूर्वाधार विकासलाई प्राथामिकता दिइएको छ। आधुनिक सुविधासहितको प्रदेश रङ्गशाला निर्माणको कार्य समय सीमाभित्रै सम्पन्न हुनेपनि उल्लेख छ।

साथै, मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई रोजगारका विभिन्न अवसर उपलब्ध गराउन कर्णाली प्रदेशका सबै वडाहरुमा प्रदेश सरकारको उपस्थिति रहने पनि बताइएको छ।

रैथानेबाली संरक्षण र उत्पादनका लागि पकेट क्षेत्र निर्धारण गरिनेदेखि कृषिमा सहुलियत व्याजको अनुदानसम्मका कुराहरुलाई नीति तथा कार्यक्रमले समेटेको छ।

स्वास्थ्यअन्तर्गत प्रदेश मातहतका अस्पतालको सेवालाई थप प्रभावकारी बनाउँदै लगिने र प्रदेश अस्पतालबाट एमआरआई र मृगौला प्रत्यारोपनको सेवा सञ्चालन गरिने बताईएको छ।

Logo