नेपालसहित छिमेकी देशका नेतालाई मोदीको शपथ ग्रहणमा निम्तो

नेपालसहित छिमेकी देशका नेतालाई मोदीको शपथ ग्रहणमा निम्तो

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीको रुपमा तेस्रो पटक शपथ लिने तयारी सुरू गरेका छन्। भारतीय मिडियाका अनुसार मोदीले आगामी शनिबार शपथ लिने भएका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार यस समारोहका लागि मोदीले नेपालसहितका छिमेकी देशका नेताहरूलाई निमन्त्रणा पठाएका छन्। जसमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र मोरिसस र भुटानका नेताहरुलाई निमन्त्रणा पठाइएको छ।

मोदीले बुधबार नै प्रचण्डसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गरेका थिए।

मत गणनापछि भारतीय जनता पार्टीले बहुमत गुमाए पनि एनडीए गठबन्धन बहुमतमा रहेको छ। प्रधानमन्त्री मोदीले आफ्नो बुधबार नै राजीनामा दिएका छन् अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताइएको छ। सम्भवत मोदीले आज नै सरकार गठनको दाबेदारी गर्ने छन्।

Logo