‘राष्ट्रपतिको सरकार’ लाई गगन थापाका ६ प्रश्न (भिडियोमा)

‘राष्ट्रपतिको सरकार’ लाई गगन थापाका ६ प्रश्न (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपतिको सरकारलाई ६ वटा प्रश्न गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै सांसद थापाले राष्ट्रपतिको सरकारलाई ६ वटा प्रश्न सोधेका हुन् ।

उनले ‘सम्मृद्ध नेपाल सुखी नेपाली’ को नारा समेत परिर्वतन गरेर ‘समृद्ध दमक सुखी केपी ओली’ भन्ने राख्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको लेटरप्याड प्रयोग गरि आफ्नो निर्वाचन क्षेत्रको लागि सिफारिस गरिएका योजनाहरुको फेहरिस्तका सन्र्दभमा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले सरकारको नीति तथा कार्यक्रम अलमलिएको निबन्ध जस्तो भएको टिप्पणी गरे । महत्वाकांक्षा विहिन, अभिलाशा सुन्य सपना रहित नीति तथा कार्यक्रमले सरकारले सपना देख्ने क्षमता पनि राखेको छैन भन्ने देखाएको उनको तर्क थियो ।

Skip This
Skip This
Logo