प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गाँजाको व्यवसायिक उत्पादन र अध्ययन अनुसन्धानका लागि कानूनीरुपमा सहज बनाउन सरकारलाई निर्देशन दिएको छ ।
शुक्रबार बसेको बैठकमा बोल्दै समिति सभापति डा. आरजु राणाले बजेटमा उल्लेख गरेको गाँजा व्यावसायिक उत्पादन गर्ने कानून निर्माण गर्ने विषयलाई कार्यान्वयन सहज वातावरण बनाउन गृह र अर्थ मन्त्रालयलाई निर्देशन दिएकी हुन् । उनले एक महिना भन्दा पनि आगामी भाद्र महिनासम्म गृहमन्त्रालयले बनाउने नियमावली बनाएर समितिलाई बुझाउन भनेकी छन् ।































प्रतिक्रिया