उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति बीच आज एकता हुदैछ ।
एकतापछि पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिने भएको छ । भट्टराई र यादव दुवै अध्यक्ष हुनेछन् । संघीय परिषद्को अध्यक्षता भट्टराईले र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति भएको छ । एकीकृत पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् ।
पार्टी एकीकरण भएपछि यादवले सरकारलाई संविधान संशोधनका लागि अल्टिमेटम दिने र माग पूरा नभए सरकार छाड्ने बताइएको छ । प्रतिनिधिसभामा संघीय समाजवादी फोरमका १६ र नयाँ शक्तिका भट्टराई मात्रै सांसद छन् । एकतापछि पनि बन्ने समाजवादी पार्टी नेपालको १७ सांसद हुने छन् ।
संसदमा राजपाको पनि समान १७ सिट नै छ । एकता संगै राजपा र समाजवादी पार्टी नेपालको सिट संख्याको आधारमा समान हैसियत कायम हुने भएको छ ।
डा भट्टराई र यादवबीच शनिवार पार्टी एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर समेत भएको थियो ।





























प्रतिक्रिया