सुदूरपश्चिम प्रदेशलाई बलियो बनाउनेगरी काम गरिरहेको छुः मुख्यमन्त्री सोडारी

सुदूरपश्चिम प्रदेशलाई बलियो बनाउनेगरी काम गरिरहेको छुः मुख्यमन्त्री सोडारी

केन्द्रबिन्दु
28
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकारले प्रदेशलाई बलियो बनाउनेगरी काम गरिरहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगले आज धनगढीमा आयोजना गरेको प्रदेश विकास परिषद्को तेस्रो बैठकमा मुख्यमन्त्री सोडारीले प्रदेशको विकास र जनचाहनालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् । उनले परिषद्को बैठकबाट आएका सुझावलाई लिएर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

“नीति तथा योजना आयोगको अध्यक्षका हैसियतमा पनि प्रदेशको विकासका लागि यहाँ व्यक्त भएका धारणालाई सम्पत्तिका रूपमा ग्रहण गरिने छ । आगामी दिनमा परिषद् बैठक नियमित गर्न र आयोगलाई थप प्रभावकारी बनाउन मेरो सधैँ सहयोग रहने छ”, उनले भने ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको दीर्घकालीन विकासका लागि विज्ञहरू सम्मिलित छलफलहरू निकै उपयोगी हुने धारणा राखे । उनले प्रदेशको विकासका लागि सरकारले चाल्ने हरेक कदममा आफ्नो पार्टीको पूर्ण सहयोग रहने बताए ।

“प्रदेशको विकासका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्छ, कांग्रेस विकासका मुद्दामा सधैँ सरकारलाई सहयोग गर्न तयार छ । बेलाबेला हुने यस्ता छलफल तथा संवादहरूले प्रदेशमा विकासको खाका र भविष्यको बाटो तय गर्न सघाउ पुर्याउँछ, सरकारले निष्कर्षहरूलाई ग्रहण गर्न सक्नुपर्छ”, उनको भनाइ थियो ।

Logo