जनताले कांग्रेसको एकलौटी सरकार चाहेका छन्: संग्रौला

जनताले कांग्रेसको एकलौटी सरकार चाहेका छन्: संग्रौला

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले कुनैपनि पद, प्रतिष्ठा र अवसरलाई प्राथमिकता नराखी दुरदराजमा बसेर संगठन निर्माणमा खटिएका कार्यकर्ताहरुले नै कांग्रेस बचाएको टिप्पणी गरेकी छन्। ती कार्यकर्ताले अब देशमा कांग्रेसको एकलौटी सरकार बनाउने गरी संगठन बनाउन चाहेको उनको भनाइ छ।

नेता संग्रौलाले देशभरका कार्यकर्ताहरुले पद, प्रतिष्ठा भन्दा पनि बलियो कांग्रेस र एकलौटी सरकार चाहेको जिकिर गरिन्। आइतबार नेपाली कांग्रेस जाजरकोटले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा डा.संग्रौलाले प्रतिपक्षीको भूमिकामा कांग्रेसले खरो उत्रिन नसकेको भन्दै गुनासो गरिन्।

चुनाव जित्नेहरुले आफूलाई सर्वैसर्वा ठान्ने र हार्नेहरुले दोषारोपण गर्ने प्रवृति हाबी हुँदा कांग्रेसको भविष्य संकटमा पर्ने चिन्ता थपिएको उनको भनाइ छ। उनले नेताहरुले प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको पनि बताइन्।

‘आज चुनाव जित्ने जनप्रतिनिधिहरुले आफू पपुलर भएर र सर्वैसर्वा भएर चुनाव जितेको दाबी गर्छन्। तर पार्टीसँगको सम्बन्ध बिगारेका छन्। टिकट पाएर हार्नेहरु फलानोका कारण हारेको भनेर गीत गाइरहेका छन्। पार्टीले प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकिरहेको छैन,’ उनले भनिन्।

उनले टिकट, पद र प्रतिष्ठा नचाहिने सच्चा कांग्रेसीहरु दुरदराजमा बसेर संगठन बनाइरहेको बताइन्।

Logo