प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे जानकारी नगराएपछि एमाले असन्तुष्ट, संसदमा रुलिङको माग [भिडियाे]

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे जानकारी नगराएपछि एमाले असन्तुष्ट, संसदमा रुलिङको माग [भिडियाे]

केन्द्रबिन्दु
350
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद रघुजी पन्तले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई चलायमान बनाउन सदस्य राष्ट्र सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद पन्तले सार्क सङ्गठन लथालिङ्ग भएको उल्लेख गर्दै यसका महत्वपूर्ण निकाय र संरचनालाई प्रभावकारी बनाउन सार्क सङ्गठनको अध्यक्षका हैसियतले नेपाल सरकारले सक्रियता बढाउनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

उनले भने, “सार्क विश्वद्यालय नयाँदिल्ली छ, सार्क सचिवालय नेपालमा छ । नेपालले अध्यक्षता गरिरहेको अवस्थामा नेपालले अघि बढ्नुपर्छ । कुनै विवाद आएको अवस्थामा नेपालले हामी सम्मेलन गर्न सक्छौँ भन्न सक्नुपर्छ ।”

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा गएर आएको र भारतसँग सबै सम्बन्ध राम्रो छ भनेका सन्दर्भमा नेता पन्तले सीमा समस्या यथावत रहेको बताए । साथै उनले सार्कका समस्या जस्ताको तस्तै रहेका बारेमा प्रधानमन्त्री दाहालले संसद्लाई आजै सम्बोधन गरेर भारत भ्रमणबारे जानकारी गराउनुपर्ने माग गरे ।

“भारत भ्रमणमा केके भयो ? नेपाल–भारतबीचको समस्याबारे केके ठोस कुरा भयो ? यो संसद्को विशेषाधिकार होे । यो संसद्ले जानकारी पाउनुपर्छ । सभामुखले स्पष्ट रुलिङ गर्नुपर्छ ।”

Logo