एमाले काठमाडौंको अध्यक्षमा निरौला निर्वाचित

एमाले काठमाडौंको अध्यक्षमा निरौला निर्वाचित

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेकपा (एमाले) काठमाडौंको अध्यक्षमा दिपक निरौला निर्वाचित भएका छन्।

निरौलाले प्रतिस्पर्धी निर्मल देउलालाई हराउँदै अध्यक्ष चुनिएका हुन्। उनी यसअघि पनि अध्यक्ष नै थिए। निरौलाले ३७० मत प्राप्त गरेका थिए भने देउलाले १९१ मत प्राप्त गरेका छन्।

निरौला एमालेकी तत्कालीन उपाध्यक्ष तथा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन्।

त्यस्तै, उपाध्यक्षमा विश्वराम सापकोटाले नवराज पराजुलीलाई पराजित गरेका छन्। सापकोटाले २६४ र पराजुलीले १७४ मत पाएका छन्।

यस्तै, सचिवमा राजेश शाक्य ३७० मत ल्याएर विजयी भएका छन् भने प्रतिस्पर्धी सत्यनारायण डंगोल १९१ मत ल्याएर पराजित बनेका छन्। उपसचिवमा उद्धव भण्डारी र बिन्दू महर्जन विजयी भएका छन्।

Logo