काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियार तीनवटै तहको सरकारले वित्तिय अनुसाशन कायम गर्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटअन्तर्गतको मन्त्रालयगत छलफलमा सहभागी हुँदै सांसद परियारले तीनै तहको सरकारले वित्तिय अनुसाशन कायम गर्न नसक्दा पुँजीगत खर्च गर्न नसकिएको बताएका हुन्।
एउटै शीर्षकमा खर्च गर्न सकिने बजेटलाई विभिन्न शीर्षक बनाएर खर्च बढाउँदै लैजाने गरियो भने त्यो रकमको सही ठाउँमा सदुपयोग गर्न नसकिने परियारको भनाइ थियो।
उनले भने, ‘एउटै शिर्षकबाट खर्च गर्न सकिने बजेटहरु विभिन्न मन्त्रालयबाट विभिन्न शिर्षकहरु बनाएर खर्चहरु बढाउँदै जाने, रकम वृद्धि गर्दै जाने र त्यो रकमको पनि सही सदुपयोग नहुने विगतदेखिको परम्परा छ। त्यसैले कानून मन्त्रालयको सन्दर्भमा बजेटको उपशिर्षक २१(१४२)मा पदाधिकारी, अन्य सुविधा भनेर शिर्षक राखिएको छ। यसका अलवा पदाधिकारीका अन्य सुविधा, पदाधिकारकिो बैठक, पदाधिकारीको भत्ता लगायतका शिर्षकमा रकमहरु क्रमश प्रत्येक वर्ष बढाउँदै लगिएको छ। यसै वर्ष पनि क्रमशः एक लाख, सोह्र लाख, सत्र लाख गरि पटक पटक रकम वृद्धि हुँदै गएको छ। त्यसैले रकम घटाएर वा शिर्षकहरुको रकम घटाएर एक रुपैयाँ कायम गरियोस् भन्ने औपचारिक प्रस्ताव पेस गर्न चाहान्छु।’































प्रतिक्रिया