कोशीका मुख्यमन्त्री कार्कीद्वारा दुःख व्यक्त

कोशीका मुख्यमन्त्री कार्कीद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
33
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गए राति ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। फक्तालुङमा पहिरोमा परी चार जनाको मृत्यु भएको थियो।

घटनाबारे मुख्यमन्त्री कार्कीले ताप्लेजुङस्थित सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत जानकारी लिएका छन्। प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरूलाई दैवी प्रकोपका घटनाबाट हुने भौतिक र मनवीय क्षति कम गर्न सावधानी अपनाउन उनले निर्देशन दिए।

मुख्यमन्त्री कार्कीले सुरक्षा निकायले गरिरहेको काम र प्रमुख जिल्ला अधिकारीमार्फत भइरहेको राहत तथा उद्धारबारे चासो राखेको उनको सचिवालयले जनाएको छ।

Skip This
Skip This
Logo