काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सय दिनमा आफूहरूले केही पिन नराम्रो काम नगरेको दाबी गरेका छन्।
शनिबार पार्टीको दोस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले रास्वपा सरकारमा आएको १ सय दिन बितेको र ती दिनमा आफूहरूले केही पिन नराम्रो काम नगरेको दाबी गरेका हुन्।
उनले भने, ‘अहिलेको सन्दर्भमा सरकारमा गएर नराम्रो काम केही नगर्नु भनेको सबैभन्दा राम्रो गर्नु हो। हामीले सय दिनमा केही पनि नराम्रो गरेनौँ, बरु विधि बनाउने काम गरेका छौँ। तर, नराम्रो नगर्दैमा चुप लाग्ने अवस्था छैन। यहाँ त माछाका कुरा छन्। यहाँ सबैभन्दा ठूलो त माछाको कुरा छ नि! उपलब्धि भनेकै माछा भन्ने हामीले नै भनेकाले समेत माछा खोइ माछा भनेर सोध्छन्।’





























प्रतिक्रिया