काेशी प्रदेशले ल्यायाे ३५ अर्ब २७ कराेडकाे बजेट

काेशी प्रदेशले ल्यायाे ३५ अर्ब २७ कराेडकाे बजेट

केन्द्रबिन्दु
42
Shares

काेशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ कराेडकाे बजेट ल्याएको छ ।

शनिबार बसेकाे प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा याेजनामन्त्री रामबहादुर मगरले याे पटक घटाएर साे आकारकाे बजेट प्रस्तुत गरेका हुन् । चालू आर्थिक वर्षका लागि कोशी सरकारले ३६ अर्ब ७४ कराेडकाे बजेट ल्याएको थियाे ।

प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ १४ अर्ब ४७ कराेड ३० लाख र पुँजीगत तर्फ १६ अर्ब २० कराेड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ कराेडकाे बजेट विनियोजन गरेको छ । बजेटकाे स्राेततर्फ आन्तरिक आम्दानी ४ अर्ब ९८ कराेड अनुमान गरिएको छ ।

Logo