नेविसंघ तनहुँका कार्यकर्ताद्वार आफ्नै कार्यालयमा तोडफोड

नेविसंघ तनहुँका कार्यकर्ताद्वार आफ्नै कार्यालयमा तोडफोड

केन्द्रबिन्दु
0
Shares

तनहुँ । नेपाली कांग्रेस तनहुँ कार्यालयमा संस्थापन पक्षका कार्यकर्ताले तोडफोड गरेका छन् । दुई गुटबीचको विवादपछि संस्थापन पक्षले पार्टी कार्यालयमै तोडफोड गरेका हुन् । संस्थापन समूहनिकट भ्रातृ संगठनका कार्यकर्ताले बुधबार समानान्तर घोषणा गरेको समूहको कार्यालयमा तोडफोड गरेका हुन् ।

ट्रेड युनियन कांग्रेसले मे दिवसका अवसरमा आयोजना गरेको र्‍यालीमा सहभागी नेविसंघ सम्बद्ध युवाहरूले कार्यालय तोडफोड गरेका हुन्।नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहले पार्टी संस्थापनले मनोमानी गरेको र चुनावमा हारको जिम्मेवार संस्थापन नै भएको आरोप लगाउँदै डिल्लीराम अधिकारीको नेतृत्वमा समानान्तर समिति घोषणा गरेका थिए ।

समानान्तर कार्यसमिति घोषणापछि पार्टी कार्यालय बीपी स्मृति भवनको विकल्पमा समानान्तर समितिले व्यास २ मालपोत लाइनमा कार्यालय सञ्चालन गर्दै आएको छ।

सोही कार्यालयमा नेविसंघ तनहुँका अध्यक्ष चुडामणि खनाल नेतृत्वका नेता कार्यकर्ताले तोडफोड गरेका हुन्। उनीहरूले पार्टी कार्यालयको बोर्ड भत्काउनुका साथै नाम लेखिएको ठाउँमा रातो पोतिदिएका छन्। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेता शंकर भण्डारी तनहुँ जिल्लामा रहेकै बेला आक्रमण भएको हो ।

Logo