दलको झण्डाका आधारमा कर्मचारी राख्ने र फाल्ने प्रवृत्ति गलत

दलको झण्डाका आधारमा कर्मचारी राख्ने र फाल्ने प्रवृत्ति गलत

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले दक्षताको आधारमा होइन राजनीतिक दलको झण्डाका आधारमा कर्मचारीलाई राख्ने र हटाउने प्रवृत्ति बढेको बताएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा भएको छलफलमा उनले पार्टीको झण्डा नबोक्ने कर्मचारीहरु मन्त्री अन्तरगत काम नै गर्न नसक्ने भन्दै झण्डाका आधारमा राख्ने र फाल्ने व्यवस्था भयो भने मुलुक कहाँ जान्छ यसतर्फ ध्यान जान आवश्यक रहेको बताए।

उनले भने, ‘सरुवा बढुवामा पारदर्शिता छैन्। पहुँचको भरमा सरुवा बढुवा गर्ने काम हुन्छ। कुनै पार्टीको झण्डा नबोक्ने कर्मचारीहरु मन्त्री अन्तरगत काम नै गर्न सक्दैनन्। दक्षताको आधारमा होइन झण्डाका आधारमा कर्मचारीहरुलाई राख्ने र फाल्ने व्यवस्था भयो भने मुलुक कहाँ जान्छ यसतर्फ ध्यान जान आवश्यक छ।’

उनले संविधान लागू भएपछि पनि पुरानो पद्धतीलाई निरन्तरता दिने हो भने वर्तमान कानूनको अर्थ नहुने भन्दै सामान्य प्रशासन र संघीय मामिला मन्त्रालयले स्थानीय तहमा जनतालाई पुग्ने खालका अधिकारहरु स्थापित गर्नुपर्ने बताए।

उनले भने, ‘प्रशासनमा प्रशासकिय प्रमुखहरु एक महिनामा चार पटकसम्म परिवर्तन हुने पद्धती छ। यसलाई कसरी नियन्त्रण गर्न सक्छौ। हिजो जुन पद्धती थियो, संविधान लागू भइसकेपछि पनि त्यही पद्धतीलाई निरन्तरता दिने हो भने अहिले हामीले ल्याएको संघीयता र बनाएको कानूनको अर्थ नरहने हुँदा सामान्य प्रशासन र संघीय मामिला मन्त्रालयले स्थानीय तहमा जनतालाई पुग्ने खालका अधिकारहरु स्थापित गर्नुपर्छ भन्ने हाम्रो धारणा छ।’

Skip This
Skip This
Logo