अध्यक्ष नेपालको दाबी: हामी यो महाधिवेशनबाट पहिलो पार्टी बन्न गइरहेका छौँ

अध्यक्ष नेपालको दाबी: हामी यो महाधिवेशनबाट पहिलो पार्टी बन्न गइरहेका छौँ

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी महाधिवेशनबाट आफ्नो पार्टी पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

सोमबार राजधानीमा आयोजित अनेमसंघ (समाजवादी)को एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी महाधिवेशनबाट आफ्नो पार्टी पहिलो पार्टी बन्ने दाबी गरेका हुन्।

‘अहिले हाम्रो पार्टीमा विचारको कुनै मतभेद छैन। किनभने समाजवादी कार्यक्रमलाई झण्डा फहराउँदै अघि सार्ने हाम्रो पार्टीको नाम नै हो नेकपा कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) यो समाजवादी नामले नै के बताउँछ भने हामी समाजवादको यात्रामा अघि बढ्छौं भनेर पहिलो दिनदेखि नै पाईला त्यतैतिर सारेका छौँ,’ उनले भने, ‘हामी यो महाधिवेशनबाट नै पहिलो पार्टी बन्न गइरहेका छौँ जसले नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रुपमा अगाडि सार्दैछ। र यसको निम्ति हाम्रो सम्पूर्ण नेता र कार्यकर्ताहरुको सामुहिक बुद्धिबाट नै हामीले दस्तावेजहरू अगाडि सारिरहेका छौँ।’

Skip This
Skip This
Logo