काठमाडौं । मधेश तराई फोरम सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा विलय भएको छ । तराई मधेशलाई केन्द्र बनाएर राजनीति गर्दै आएको फोरम नेकपामा समायोजन भएको हो । फोरमले संयुक्त जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन एवम् आदिवासी, जनजाती लगायतका आन्दोलनबाट प्राप्त उपलब्धी रक्षा गर्न सरकार एवम् संसद्को माध्यमबाट मात्र सकिने ठहर गरेको छ ।
समायोजन भएपछि फोरम अध्यक्ष अमर यादवले जारी गरेको विज्ञप्तीमा संविधानमा देखिएका केही असन्तुष्टिलाई आगामी दिनमा सरकार एवम् संसदको माध्यमबाट सम्बोधन हुने कुरामा विश्वास लिएको उल्लेख गरिएको छ । फोरमका अध्यक्ष यादव २०६३ साल चैत्र ७ गते गौरको राईसमिलामा गर्न लागिएको आमसभाका नेतृत्वकर्ता थिए ।
कांग्रेसबाट निर्वाचित मेयर नेकपामा प्रवेश, प्रचण्डले लगाईदिए टिका
एकातिरको नेतृत्व उनले गरेका थिए । भने अर्कोतिर नेतृत्व तत्कालिन माओवादी नेता प्रभु शाहले गरेका थिए । राईसमिलामा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले एउटै ठाउँमा एकै समयमा आमसभा गर्न खोज्दा हिंसात्मक झडप हुँदा २७ जना मारिएका थिए । तिनै अमर यादव सिंगो पार्टीसहित नेकपा प्रवेश गरेका हुन् ।






























प्रतिक्रिया