काठमाडौं । संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन भएको छ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेतासहित बसेको बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको हो।
समितिमा अर्थ मन्त्रालयका सचिव र संघीय संसदका महासचिव सदस्य छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी रहेका थिए।
बैठकमा मुख्य सचिव डा.बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित रहेको थियो।
आफ्ना विभिन्न माग राखेर संसद सचिवालयका कर्मचारीहरूले केही दिनदेखि आन्दोलन गरिरहेका छन्। उनीहरूको आन्दोलनका कारण संसद्को बैठकसमेत प्रभावित भएको थियो।































प्रतिक्रिया