सुशील प्याकुरेलले किन अस्विकार गरे दक्षिण कोरियाकाे राजदूत पद ?

सुशील प्याकुरेलले किन अस्विकार गरे दक्षिण कोरियाकाे राजदूत पद ?

केन्द्रबिन्दु
84
Shares

सरकारले दक्षिण कोरियाका निम्ति राजदूत सिफारिस गरेका मानव अधिकारकर्मी सुशील प्याकुरेल ‘असन्तुष्ट’ देखिएका छन् । आइतबार उनले उक्त पद अस्विकार गर्दै बिना सल्लाह आफ्नो नाममा निर्णय भएको भन्दै प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् ।

राजदूत सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा संकेत नदिएको उनको गुनासो छ । ‘राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यक्षमता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थितिसम्बन्धी ज्ञानका विषयमा पूर्व परामर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु,’ उनको वक्तव्यमा भनिएको छ ।

आफूलाई राजदूत पदमा गरेको सिफारिस फिर्ता लिन अनुरोध गर्दै उनले प्रधानमन्त्री कार्यालयमा पत्र नै दर्ता गराएका छन् । उनले भनेका छन्, ‘आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले म प्रति देखाएको विश्वासका लागि धन्यावाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनु हुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवत दर्ता गराइसकेको छु ।’

गत शुक्रबार मन्त्रिपरिषद्को बैठकले ८ देशका लागि राजदूत सिफारिस गर्दा मानव अधिकारकर्मी प्याकुरेललाई दक्षिण कोरियाकाे जिम्मेवारी दिइएकाे थियाे । उनलाई सरकारले नेकपा एमालेको कोटाबाट गत शुक्रबार (असार ७) गते राजदूत सिफारिस गरेको थियो ।

Logo