के नीर शाहसहित १५० कलाकार कांग्रेसमा प्रवेश गरेका हुन् ?

के नीर शाहसहित १५० कलाकार कांग्रेसमा प्रवेश गरेका हुन् ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ‘वरिष्ठ कलाकार नीर शाहसहित १५० कलाकार नेपाली कांग्रेसमा प्रवेश’ शुक्रबार दिनभर यो विषयले निकै चर्चा पायो । चर्चा पनि किन नपाओस त, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नै सामाजिक सञ्जालबाटै जानकारी गराएपछि । त्यसपछि चर्चा परिचर्चा सुरु भयो ।

नीर शाह, धिरेन शाक्य, झरना थापा, जीवन लुइँटेल, शंकर बिसी, पार्बती राई लगायतका हस्तीहरु कांग्रेसमा प्रबेश गरेको नेता सिंहको फेसबुक पेटमा पोष्ट भएको थियो । १५० जना नेपाली कांग्रेसमा प्रवेश गरेको भन्दै नेता सिंहले बधाई समेत दिए ।

केहिले यस्ता झुटा समाचारले नेपाली कांग्रेसजस्तो ईतिहास बोकेको पार्टीको आफ्नै साख गिरेको आरोप लगाए । नेता सिंहको उक्त पोष्टबाट धेरैले समाचार नै बनाए । धेरैले कलाकारहरुलाई बधाई समेत दिए । तर कलाकारहरुले भने पार्टी प्रवेश नगरेको भन्दै स्पष्टिकरण दिँदै आए । पार्वती राई यतिबेला अमेरिकामा छिन् । त्यस्तै शंकर विसीले पनि उक्त समाचारको खण्डन गरेका छन् । त्यस्तै अन्य कलाकारले पनि पार्टी प्रवेश नगरेको प्रष्ट पारेका छन् ।

किन गरे नेता सिंहले यस्तो प्रचार ?
नीर शाह विगत लामो समयदेखि कांग्रेस निकट हुन् । नीर शाह सुशिल कोईराला सभापति भएको बेला कांग्रेस प्रवेश गरेका थिए । तर नेता सिंहले फेरि कांग्रेस प्रवेश गरेकोमा बधाई दिए । नीर शाहले नेता प्रकाशमान सिंहलाई बेला–बेला धिरेन शाक्य, झरना थापा, जीवन लुइँटेल, शंकर बिसी, पार्बती राई लगायतका कलाकारलाई कांग्रेस प्रवेश गराउन सकिने धारणा राख्दै आएका थिए ।

उनीहरु आफु निकट भएको र जतिबेला पनि कांग्रेस प्रवेश गराउन सकिने भन्ने आशयको धारणा नीर शाहले नेता सिंहलाई दिदैं आएको निकट स्रोतले जनाएको छ ।

के फेसबुक पेज ह्याक भएको हो ?
धेरै पहिला नै कांग्रेस प्रवेश गरिसकेका नीर शाहलाई फेरि कांग्रेस प्रवेश गरेको भन्दै फेसबुक मार्फत सूचना दिन नेता सिंह यतिबेला तेह्रथुममा छन् । नेता सिंहका पिए युपी लामिछानेले फेसबुक पेट ह्याक भएर त्यस्तो पोष्ट गरिएको भन्दै अहिले हटाईसकिएको जानकारी दिए ।

‘नेता जि अहिले पार्टीको कार्यक्रममा सहभागी हुन् जिल्ला दौडाहमा हुनुहुन्छ । उहाँ पार्टीको कार्यकर्ता भेटघाट तथा विभिन्न आमसभाहरुमा सहभागी भईराख्नु भएको छ । उहाँको फेसबुक पेजमा कसले त्यस्तो पोष्ट गर्‍यो थाहा भएन् । अहिले हटाएका छौं’ उनले भने ।

Logo