संसदको सदुपयोग गर्न नसकिएको कांग्रेस सांसद कोइरालाको दाबी

संसदको सदुपयोग गर्न नसकिएको कांग्रेस सांसद कोइरालाको दाबी

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले संघीय संसद सचिवालयका कर्मचारीहरुको आन्दोलनका कारण संसदको सदु्पयोग गर्न नसकिएको उल्लेख गर्दै उनीहरूका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्।

सोमबारको प्रतिनिभि सभा बैठकमा बोल्दै सांसद कोइरालाले कानूनमन्त्रीको संयोजकत्वमा सहजीकरण समिति बनेको भएपनि कर्मचारी कालोपट्टि बाँधेर आन्दोलनमा बस्नु दुःखद रहेको बताइन्।

उनले भनिन्,‘संसद् सचिवालयका कर्मचारी आन्दोलित हुँदा संसद संचालनमा कठिनाइ भएको छ। मैले सुनेको छु कानूनमन्त्रीको संयोजकत्वमा सहजिकरण समिति गठन भएको छ। त्यो सहजिकरण समितिले पक्कै पनि काम थालेको होला लागेको थियो। तर, आज संसद् भवन प्रवेश गर्दा हाम्रा कर्मचारी साथिहरु कालो पट्टि बाँधेर आन्दोलनमा बस्नुभएको रहेछ। यो दःखद हो। हाम्रो संसद ढिलो चल्यो। त्यसले गर्दा मेरो ध्यानाकर्षण भएको छ।’

संसद सचिवालयका कर्मचारीहरुले पाउने गरेको तलबले राम्रोसँग जीवन जिउनसमेत नसकेको उनको भनाइ छ।

‘सभामूख महोदय कर्मचारीलाई हामीले दिएको तलबले राम्रोसँग जिउन सक्ने खालको छैन। त्यसलाई हामीले स्विकार गर्नुपर्छ। उहाँहरुका केही जायज मागहरु पनि छन्। हामीले उहाँहरुसँग बसेर वार्ता गर्नुपर्छ। त्यो वार्ता सकेर संसदको समयको सदुपयोग गरौं। संसदको काम नियमीत गरौं,’ उनको भनाइ थियो।

अतिरिक्त समयमा काम गर्दाको सेवा, सुविधा मागसहितका ११ बुँदे माग राख्दै संघीय संसद सचिवालयका कर्मचारीहरू आन्दोलनरत छन्।

संघीय संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन भएको छ।

Logo