प्रधानमन्त्रीले उपप्रधानमन्त्रीलाई बर्खास्त गर्छु भन्ने शक्ति राखेनन् -विश्वप्रकाश शर्मा

प्रधानमन्त्रीले उपप्रधानमन्त्रीलाई बर्खास्त गर्छु भन्ने शक्ति राखेनन् -विश्वप्रकाश शर्मा

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदीय जिम्मेवारी बिर्सिएर उपप्रधानमन्त्री दिएको अभिव्यक्तिको खण्डन गर्दै हिँडेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले प्रधानमन्त्रीलाई आफ्नो गणितिय रक्षा गर्ने चिन्ता रहेको बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीको चिन्ता कसरी गणितलाई रक्षा गर्ने भन्नेमा मात्र छ । प्रधानमन्त्रीको पद सान्दर्भिक हो तर शान्दार मात्र होइन्, दमदार पनि पद हो भन्ने कुरालाई प्रधानमन्त्रीले बिर्सिनुभएको छ । आज प्रधानमन्त्रीको दुख हेर्छु म, प्रधानमन्त्री उपप्रधानमन्त्रीले गरेको कुराको खण्डन गरेर बस्नु परेको छ । उपप्रधानमन्त्रीलाई तपाईंले बोलेको अभिव्यक्ति फिर्ता लिनु नभए तपाईंलाई आज साँझ बर्खास्त गर्छु भन्ने शक्ति आज देशको प्रधानमन्त्रीले राख्नु हुन्न ।’

सरकारमा रहेका सबै दलहरुले आफ्नो दलको सभापतिलाई कसरी जोगाउने भन्ने मात्र चिन्ता रहेको भन्दै शर्माले यस्ता पार्टीले देश बनाउन नसक्ने बताए । उनले भने, ‘सरकार भनेको सिंगो अस्तित्व हो तर आज त्यो सिंगो अस्तित्व नभएर अंश अंशमा देखा परेको छ । सबैलाई खण्ड खण्डको चिन्ता छ । एउटा दललाई चिन्ता छ कसरी आफ्नो अध्यक्षलाई सहकारी ठगिबाट जोगाउन सकिन्छ, एउटा दलको चिन्ता जम्मा त्यती मात्र छ । अर्को दलको चिन्ता कसरी हुन्छ आफ्नो अध्यक्ष गासिएको गिरिबन्धुको ठगिबाट जोगाउन सकिन्छ, यस्तो खालको अवस्था छ ।’

Skip This
Skip This
Logo