नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महामन्त्रीमा श्रेष्ठ निर्वाचित

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महामन्त्रीमा श्रेष्ठ निर्वाचित

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मनहरी श्रेष्ठ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महामन्त्रीमा निर्वाचीत भएका छन्।

भर्खरै काठमाडौंमा सम्पन्न नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम महाधिवेशनबाट श्रेष्ठ महामन्त्रीमा निर्विरोध निर्वाचित भएका हुन्।

कांग्रसको भातृ संगठन नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका श्रेष्ठ कांग्रेसको महासमिति सदस्य पनि हुन्।

महासंघको महाधिवेशनबाट अध्यक्षमा ओम घर्तिमगर, उपाध्यक्षमा विश्वदिप लिङ्देनलगायत अन्य पदाधिकारी र सदस्यहरू निर्वाचित भएका छन्।

Logo