काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालिन एमाले र माओवादी एकता भएर बनेको नेकपा टुक्रिदा आफूलाई धेरै पीडा भएको बताएकी छिन्।
शुक्रबार धुलिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले तत्कालिन एमाले र माओवादी एकता भएर बनेको नेकपा टुक्रिदा आफूलाई धेरै पीडा भएको बताएकी हुन्।
उनले भनिन्, ‘२०७७ को कुरा हो। त्यतिबेला मलाईभन्दा बढी पीडा कसलाई थियो होला? झण्डै दुई तिहाइ मत ल्याएको पार्टी यदुवंशी भएर झगडा गरेर फुटेर टुक्राटुक्रा हुन्छ भने मलाई एकदमै चिन्ता हुनु स्वाभाविक हो।’
यस्तै, उनले त्यो राजनीति नभइ राष्ट्रका लागि गरेको दाबी गरिन्। उनले भनिन्,‘यो राजनीति होइन । यो राष्ट्रका लागि, राजनीति गर्नुपर्छ भने पनि गर्नुपर्छ । एजेन्सी खेल्ने । पार्टी नफुटाउभन्दा राजनीति हुने ? मैले थाहा पाएरै गरेको हुँ। पाँच महिनामा महाधिवेशन हुन्छ भनेर पर्खन आग्रह गर्दा पनि नेताहरूले मान्नुभएन।’





























प्रतिक्रिया