राष्ट्रिय र गैरराष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको छः अध्यक्ष ओली

राष्ट्रिय र गैरराष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको छः अध्यक्ष ओली

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय र गैरराष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको बताएका छन् ।

शुक्रबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय र गैर राष्ट्रिय शक्तिहरुबीच प्रतिस्पर्धाको राजनीति भइरहेको भन्दै नेकपा एमाले राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने अवस्थामा पुगेको दाबी गरे ।

उनले भने, ‘अहिलेको राजनीति राष्ट्रिय र गैर राष्ट्रिय शक्तिबीचको प्रतिस्पर्धाको राजनीति हो । नागरिकता होल्ड गर्दैमा कोही व्यक्ति राष्ट्रवादी भैहाल्छ भन्ने छैन् । यसरी दुईधारबीचको प्रतिस्पर्धा छ । अहिले हामीले राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिमा विकास गर्ने अबको आवश्यकता भयो । हामी त्यस ठाउँमा पुगेका छौँ। यो शक्ति सन्तुलनको स्थिती हो सधैँ यस्तै रहन सक्दैन। जबजले यसरी रन नदिएर दक्षिणपन्थी शक्तिहरूलाई अगाडि जाने भन्दा राष्ट्रिय शक्तिलाई अगाडि बढाउने कुरामा सहज बनाउँछ ।’

अध्यक्ष ओलीले देशको अग्रगमनका लागि जननेता भण्डारीको अगुवाइमा नेकपा एमालेले जनताको बहुदलिय जनवादलाई प्रतिपादन गरेको बताए । जनताको बहुदलिय जनवादले अझै राम्रो मौका पाउने हो भने मार्गदर्शनको सिदान्त रहेको उनको भनाई छ ।

उनले भने, ‘हामी जनताको बहुदलिय जनवादप्रति आफ्नो स्वार्थ पूरा गर्नको लागि होइन । मौका मिले जबज कार्यक्रम हो । मौका नमिले होइन। अझै राम्रै मौका मिल्ने हो भने सिद्धान्त हो अझै राम्रो मौका पाउने हो भने मार्गदर्शन सिद्धान्त नै हो । स्वार्थ पूरा नहुने हो भने केही पनि होइन् । नभए होइन। जनवादप्रति हाम्रो निष्ठा यस्तो खालको मौका परस्त होइन। मदन भण्डारीको अगुवाईमा भएको हुनाले जावाद कसरी छाड्ने भन्ने होइन। यो देशको अग्रगमनका लागि जननेता भण्डारीले उहाँको अगुवाइमा नेकपा एमालेले जनवादलाई प्रतिपादन गरेको हो । यो कुनै ध्यानबाट तपबाट कठोर तपस्या यस्ताबाट होईन् । ध्यान देश जनता र देशको समस्या समाधान गर्नेप्रति दिएर गरेको हौं ।’

Logo