पूर्वमन्त्री एवं काँग्रेस नेता ताम्राकारको निधन

पूर्वमन्त्री एवं काँग्रेस नेता ताम्राकारको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको उपचारका क्रममा निधन भएको छ ।

निमोनिया बढेपछि वैशाख ३ गते अस्पताल भर्ना भएका ७५ बर्षीय नेता ताम्राकारको आज दिउँसो ३ः४५ बजे अल्का अस्पतालमा निधन भएको काँग्रेसले जनाएको छ ।

पूर्वस्वास्थ्य र उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका नेता ताम्राकारले पार्टीको ११ औँ महाधिवेशनपछि कोषाध्यक्षको भूमिका निर्वाह गरेका थिए ।

भैरहवा सिद्धार्थनगर निवासी ताम्राकार काठमाडौँमा बस्दै आएका थिए । नेता ताम्राकारको निधनको खबरसँगै अहिले साँझ काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
रासस

Skip This
Skip This
Logo