नयाँ सत्ता समिकरणकाे तयारीपछि देउवासँगै देखिए प्रचण्‍ड र ओली

नयाँ सत्ता समिकरणकाे तयारीपछि देउवासँगै देखिए प्रचण्‍ड र ओली

केन्द्रबिन्दु
196
Shares

स्वर्गीय पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष दलका नेताहरू सानेपामा पुगेका छन्।

मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा शताब्दी जन्मजयन्तीको अवसरमा फोटो प्रदर्शनी र विमर्श सभामा प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ‌ओली पुगेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनीहरूलाई स्वागत गरेका थिए। फोटो प्रदर्शनीमा एक सय ५१ वटा ऐतिहासिक महत्त्वका फोटोहरू राखिएका छन्।

कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि कांग्रेसका सभापति देउवा र प्रधानमन्त्री प्रचण्डसँगै देखिएका हुन्।

Logo