एमालेसँग भएको सात बुँदे सहमति कांग्रेसद्वारा अनुमोदन

एमालेसँग भएको सात बुँदे सहमति कांग्रेसद्वारा अनुमोदन

केन्द्रबिन्दु
30
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि नेकपा एमालेसँग भएको सात बुँदे सहमतिलाई अनुमोदन गरेको छ । बुधबार बिहान बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको हो।

सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन् । ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिनेलगायत सहमति भएको छ । तर, ती बुँदाहरू औपचारिक रुपमा सार्वजनिक भइसकेका भने छैनन्।

Skip This
Skip This
Logo