सूची हात पर्नासाथ किन बाहिरिए माधव नेपाल ?

सूची हात पर्नासाथ किन बाहिरिए माधव नेपाल ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपाका ७७ जिल्ला नेतृत्वको सूची सार्वजनिक भएपछि वरिष्ठ नेता माधव कुमार नेपाल कार्यक्रमस्थलबाट बाहिरिएका छन् । कमलादीस्थित प्रज्ञा भवनमा आयोजित नेकपाको ७० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमबाट नेता नेपाल बाहिरिएका हुन् ।

कार्यक्रममै नेकपा नेता विष्णु पौडेलले ७७ वटै जिल्ला अध्यक्ष र सचिवको लिस्ट उपलब्ध गराएका थिए । सो लगत्तै नेता नेपाल बाहिरिएका हुन् । जिल्ला नेतृत्वको विषयमा नेता नेपालले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए ।

उनी बाहिरिएपछि महासचिव पौडेल, केन्द्रीय कार्यालय सचिव तथा ओली निकट कृष्णगोपाल श्रेष्ठ कार्यक्रम स्थल बाहिर र भित्र आउजाउ गरिरहेका छन्।

Skip This
Skip This
Logo