युवाहरुलाई स्वदेशमै रोजगार दिने तयारीमा छौं: मन्त्री अर्याल

युवाहरुलाई स्वदेशमै रोजगार दिने तयारीमा छौं: मन्त्री अर्याल

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्नेगरि काम गरिरहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले वैदेशिक रोजगारीका लागि पलायन हुने जनशक्तिलाई देशमै राख्ने प्रयासमा लागेको भन्दै जानै पर्ने बाध्यता भएसम्म सुरक्षित रोजगारीका लागि अभिमुखिकरण तालिमको प्रबन्ध गरिएको बताएका हुन् ।

उनले भने, ‘वैदेशिक रोजगारीका लागि खाडि मुलुक जाने कामदारको संख्या दिनदिनै बढिरहेको छ । यसलाई कम गर्नका लागि सरकारले काम गरिरहेको छ । वैदेशीक रोजगारीलाई थप व्यवस्थित बनाउन अभिमुखिकरण तालिमको समेत प्रबन्ध गरेका छौं ।’ उनले सातै प्रदेशमा रोजगारी पाउने व्यवस्थासहित श्रमाधान मेलासमेत समापन गरिएको भन्दै श्रमाधान मेलाले रोजगारदाता र वेरोजगार युवाहरुलाई जोड्ने पुलको काम गरेको बताए ।

Logo