भ्रष्टाचारको फाइल खोल्न गृहमन्त्रीलाई एमालेकाे चुनौतीः ‘धम्की दिएर मात्र पुग्छ ?’ [भिडियाे]

भ्रष्टाचारको फाइल खोल्न गृहमन्त्रीलाई एमालेकाे चुनौतीः ‘धम्की दिएर मात्र पुग्छ ?’ [भिडियाे]

केन्द्रबिन्दु
112
Shares

नेकपा एमालेले भ्रष्टाचारको फाइल खोल्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले गृहमन्त्रीलाई जति दिन पदमा हुनुहुन्छ खोजीखोजी सबै भ्रष्टाचारको फाइल खोल्न भनेका हुन् । अरुलाई धम्क्याएर मात्रै नहुने उनको भनाई छ ।

उनले भने, ‘यो सनदमा हामी माग गर्न चाहन्छौं, जति दिन सरकारमा बस्नुहुन्छ कहाँ, कुन फाइल कसरी खोल्नुपर्ने हो ? खोल्नुस् । धम्की दिएर मात्र पुग्छ ? तपाईंले आज खोल्छु भनेका फाइल किन खोल्नुभएन ?’ राष्ट्रिय सहमतिको सरकार बनेपछि त्यो गोप्य सूचना दिन उनको आग्रह छ ।

साथै प्रमुख सचेतकले सरकार अल्पमतमा पर्दा पनि रास्वपाका मन्त्रीहरुले साथ दिइरहनुमा पनि आशंका व्यक्त गरे । ‘सरकार बहुमत रहँदा केही दलका मन्त्रीहरु गोजीमा राजीनामा पत्र बोकेर हिँड्ुनभयो । अहिले सरकार प्रत्यक्ष अल्पमतमा परेको छ । ती साथीहरुको गोजीमा रहेको राजीनामा कहाँ पुग्यो होला ?’ उनले भने । प्रधानमन्त्रीले कानेखुशी गरेको भरमा उनीहरु रोकिएको उनको आरोप छ ।

Logo