तराई भारतमा गाभिन सक्छः राजनीतिक विश्लेषक विश्वास (भिडियोमा)

तराई भारतमा गाभिन सक्छः राजनीतिक विश्लेषक विश्वास (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालको राजनीतिमा सधै नै खड्किरहने क्षेत्र भनेको तराई हो । भारतसँग सिधा सम्पर्क तथा भारतीय मूलका नागरिकको बढ्दो बसोबासले गर्दा चिन्ता बढ्दो रहेको हो । तराई केन्द्रीय राजनीति गर्दै आएका राजनीतिक दलमाथि बढ्दो भारतीय प्रभावले पनि यो विषय बढी पेचिलो बन्दै गएको देखिन्छ ।

राजनीतिक चिन्तक तथा विश्लेषकहरु अहिलेकै अवस्था रहे पुरै तराई नेपालबाट टुक्रिन बेर नलाग्ने बतउँछन् । विशेषगरी संघीयतापछि प्रदेश २ मा हुने विभिन्न खाले गतिविधिले गर्दा राजनीति विश्लेषकहरुको यसतर्फ चाँसो र चिन्ता बढेको हो ।

राजनीतिक चिन्तक तथा विश्लेषक किशोर कुमार विश्वास पनि तराईलाई भारतीयकरण हुने बेर नलाग्ने बताउँछन् । उनी सप्तरी देखि पर्सासम्मको नेपाली भूभाग विहारमा परिणत हुने दाबी गर्छन् ।

‘अहिलेको जुन परिस्थितिबाट मुलुक अगाडि बढिरहेको छ यसले गर्दा तराईको सप्तरीदेखि पर्सासम्मको भूभाग बिहारमा परिणत हुन्छ । जनकपुर पटनामा गाभिन बेर लाग्दैन् । त्यसतर्फ सबैले सचेत हुनु जरुरी छ’ उनले भने ।

Skip This
Skip This
Logo