शिक्षाको गुणस्तर नीतिगत रूपमै सुधार्न पहल गर्नुपर्छः राष्ट्रिय सभा अध्यक्ष दाहाल

शिक्षाको गुणस्तर नीतिगत रूपमै सुधार्न पहल गर्नुपर्छः राष्ट्रिय सभा अध्यक्ष दाहाल

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिक्षाको गुणस्तर नीतिगत रूपमै सुधार्न आवश्यक रहेको बताएका छन् । दोस्रो संस्करणको ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ मा सम्बोधन गर्दै दाहालले नीतिगत रूपमै शिक्षा सुधारको पहल गर्न आवश्यक रहेको बताए ।

‘विद्यार्थीको हातमा सर्टिफिकेटसँगै ज्ञान र सीप चाहिन्छ, नेपालमा शिक्षाको विकास क्रमलाई सन्तोषजनक मान्न सकिन्छ, तर अझै पनि शिक्षाको गुणस्तर भने चिन्ता मान्नु पर्ने अवस्थामा रहेको छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै दाहालले अझै साक्षरता दर शतप्रतिशत पुगि नसेको पनि जानकारी दिए ।

कक्षा १ मा भर्ना भएका विद्यार्थीहरू कक्षा १२ मा पुग्दा आधा हाराहारीमा मात्रै पुग्ने दारलाई घटाउने शिक्षामा अझै धेरै काम गर्नुपर्छ आवश्यक रहेको उनको भनाइ छ । शिक्षाको गुणस्तर वृद्धिमा सबै क्षेत्र लाग्नु पर्ने उनको तर्क छ ।

सामुदायिक विद्यालयहरूको शिक्षाको गुणस्तरको विषयलाई लिएर विभिन्न आलोचना हुने गरेको बताउँदै आएका उत्कृष्ट नतिजा ल्याएर सामुदायिक विद्यालयहरू सम्मानित भएको देख्न खुसी लागेको पनि बताए ।

‘गाउँगाउँमा सामुदायिक विद्यालयहरू छन्, निजी क्षेत्रको लगानीमा पनि प्रशस्तै विद्यालय तथा कलेजहरू खुलेका छन्, सोलुखुम्बु होस या हुम्लाको मान्छे विद्यालय वा कलेज पढ्नकै लागि काठमाडौं आउनु पर्ने बाध्यता हटेको छ, यो हामी सबैका लागि खुसीको कुरा हो,’ उनले भने ।

सामुदायिक विद्यालयको गुणस्तर कमजोर भएका ठाउँमा पनि कसरी सुधार गर्ने सकिन्छ भनेर लाग्नु पर्ने उनको भनाइ छ । आफ्नो बच्चालाई निजी विद्यालयमा पुर्याएर आफू चाहिँ सामुदायिक विद्यालयमा अध्यापन गराउन जाने परिपाटी बाँकी रहेको बताउँदै दाहालले त्यसको अन्त्य गरी सामुदायिक विद्यालयलाई बलियो बनाउने तर्फ लाग्नु पर्ने बताए ।

नेपालको शिक्षा क्षेत्रमा संस्थागत विद्यालयले पनि राम्रै योगदान पुर्याएको दाहालले बताए । ‘साक्षरता दर ७० प्रतिशत भन्दा माथि हुनुमा संस्थागत विद्यालयको योगदानलाई हामीले भुल्नु हुँदैन, हामी परिवर्तन त भन्छौं तर अरूबाट, संसार बदल्न त पहिला आफू बदलिनुपर्छ भन्ने मान्यताबाट हामी विमुख छौं,’ उनले भने ।

Skip This
Skip This
Logo