काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले धर्म निरपेक्षताको ब्यानरमा आगो लगाएका छन् । हिन्दु राष्ट्र कायम हुुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेको राप्रपाले आयोजना गरेको विरोध कार्यक्रममा धर्म निरपेक्षता लेखिएको ब्यानरमा आगो लगाएका हुन् ।
रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित कार्यक्रममा राप्रपा कार्यकर्ताहरुले धर्म निरपेक्षता लेखिएको ब्यानर जलाएका हुन् । सो कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी दुई दर्जन नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।
प्रहरीले राप्रपाका केन्द्रीय सदस्य यवती कार्की, नानु नगरकोटी, महासचिव गुणराज राजभण्डारी, भक्तपुर जिल्ला उपाध्यक्ष राम न्यौपाने लगायत राप्रपाका दुई दर्जन कार्यकर्तालाई नियन्त्रणमा लिएको हो । अध्यक्ष राणालाई भने कार्यकर्ताले घेराबन्दीका साथ सुरक्षित रुपमा कार्यक्रमबाट बाहिर निकालेका थिए ।





























प्रतिक्रिया