बालेन र राजदूत पाथिरानाबीच भेट: हिमालदेखि समुद्री तटसम्म नागरिकका विषयमा छलफल

बालेन र राजदूत पाथिरानाबीच भेट: हिमालदेखि समुद्री तटसम्म नागरिकका विषयमा छलफल

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि श्रीलंकाका राजदूत एअर चिफ मार्सल सुदर्शन पाथिरानाले शिष्टाचार भेट भएको छ । भेटका लागि राजदूत पाथिराना बुधबार प्रमुखको कार्य कक्षमा आएका थिए । भेटका क्रममा आपसी सम्बन्धलाई औपचारिकता दिन काठमाडौं र कोलम्बोबिच भगिनी सम्बन्धको सम्भावना, बौद्ध इतिहासमा लुम्बिनी र काठमाडौंको महत्वसँग श्रीलंकाको सम्बन्ध, बौद्ध तीर्थयात्रा मार्ग, स्वास्थ्य र शिक्षामा आपसी सिकाईलगायत विषयमा कुराकानी भएको थियो ।

प्रमुख शाहले सांस्कृतिक पर्यटनबाट देश–देश र नगर–नगर बिचको सम्बन्धबाट नागरिक तहमा लाभ पुग्ने धारणा राखे । ‘दुई देश बिच मैत्री क्रिकेट खेल आयोजना गर्न सकिन्छ, कला, खेल तथा गीत संगीत क्षेत्रका व्यक्तिहरुका बिचमा ज्ञान सिप आदान प्रदान गर्न सकिन्छ, मानव संशाधन विकासदेखि पूर्वाधार विकाससम्मका क्षेत्रमा सहकार्य सम्भव छ,’ उनले भने ।

प्रमुख शाहले कोलम्बोबाट भैरहवा विमानस्थलमा अन्तरराष्ट्रिय विमास सञ्चालन गरेर श्रीलंकालाई सिधा लुम्बिनीसँग जोड्न सकिने बताए । बालेनले राजदूत पाथिरानासँग श्रीलंकाको स्वास्थ्य र शिक्षा क्षेत्रका सेवा तथा कार्यक्रम, कृषि उत्पादनको चक्रका बारेमा जिज्ञासा राखेका थियो ।

यस्तै, वुद्ध कालदेखि नेपाल र श्रीलंका बिच सम्बन्ध रहेको बताउँदै राजदूत पाथिरानाले दुई देश विच सहासिक पर्यटनको पनि उत्तिकै सम्भावना रहेको उल्लेख गरे । उक्त भेटमा हिमालदेखि समुद्री तटसम्मको सम्बन्ध स्थापना गरेर आपसी ज्ञान र हित प्रवर्धनमा जोड दिइएको थियो ।

Skip This
Skip This
Logo