सिमलताल बस दुर्घटना प्रकरणः अध्ययन गर्न कार्यदल बनाउने गृहमन्त्री लेखककाे निर्णय

सिमलताल बस दुर्घटना प्रकरणः अध्ययन गर्न कार्यदल बनाउने गृहमन्त्री लेखककाे निर्णय

केन्द्रबिन्दु
21
Shares

गृहमन्त्री रमेश लेखकले चितवनको सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बस र यात्रु बेपत्ता प्रकरणमा अध्ययन गर्न कार्यदल गठन गरेका छन् ।

सोमबार गृहमन्त्रीमा नियुक्ति भएका लेखकले राष्ट्रपतिसमक्ष सपथग्रहण गरेपछि पदभार सम्हाल्दै सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । कार्यदललाई १० दिन समय दिइएको छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो । ६५ यात्रुमध्ये केहीकाे मात्रै शव भेटिएकाे छ भने अन्य यात्रु र बसकाे अवस्था अझै अज्ञात नै छ ।

Skip This
Skip This
Logo