भरतपुरलाई तीन कोणमार्फत नमूनाका रुपमा विकास गर्दैछाैंः प्रधानमन्त्री

भरतपुरलाई तीन कोणमार्फत नमूनाका रुपमा विकास गर्दैछाैंः प्रधानमन्त्री

केन्द्रबिन्दु
15
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरलाई तीनवटा कोणबाट नमूना विकास अभियान सञ्चालन गर्नेगरी कार्यक्रम ल्याइएको बताएका छन् ।

प्रतिनिधिसभामा सांसदहरुले सोधेकाे प्रश्नहरुकाे जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘वजेट वक्तव्यमा उल्लेख भएको भरतपुर-बुटवल-पोखरा (मुग्लिन) भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुजको परियोजना निजी क्षेत्रसँगको सहकार्यमा एकीकृत विकासको अवधारणा अनुरूप नमूना विकास अभियान सञ्चालन गर्नेगरी कार्यक्रम ल्याइएको हो। यस कार्यक्रमबाट यातायात पूर्वाधारको विकास मात्र नभर्इ औद्योगिक विकासका साथै ऊर्जा क्षेत्र, कृषि तथा पर्यटन क्षेत्रको विकास एवं रोजगारीका अवसरहरू सिर्जना हुने विश्वास लिएको छु।’

प्रस्तुत गण्डकी त्रिभूज आयोजनाअन्तर्गत पर्ने बुटवल-पोखरा (सिद्धार्थ राजमार्ग) सडक खण्डलाई दुई लेनमा स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको र सिद्धबाबा सुरुङ मार्गको कार्य अन्तिम चरणमा पुगेको उनकाे भनाई छ ।

Logo