नेपाली काङ्ग्रेस सिन्धुलीका कार्यकर्ताले विपी राजमार्गसँगै जिल्लाभर आज (शनिबार) बिहानैदेखि सवारी आवागमन ठप्प बनाएको छ । प्रहरीले दोषीलाई कारवाही नगरी छाडेको भन्दै सवारी आवागमन बन्द गराएको हो ।
दोषीलाई कारवाहीको माग गर्दै कांग्रेसका कार्यकर्ताहरुले प्रर्दशनमा उत्रिएपछि विपी राजमार्गअन्तर्गत भिमान, शान्तिनगरचोक, खुर्कोट, नेपालथोक र जिल्लाका भित्री सडक हरिहरपुरगढी गाउँपालिकाको झनझने, दुधौली, भिमस्थान, मध्यपहाडी लोकमार्गको ग्वालटारलगायतका दर्जनौं स्थानमा सवारी आवागमन अवरुद्ध भएको छ ।
तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्ने प्रतिबद्धता जनाएकामा गए राति नै छाडेकाले दोषीलाई कारवाहीको माग गर्दै सवारी आवागमन अवरुद्ध पारेको हो । अहिले नेपाली काङ्ग्रेससम्बद्ध नेता तथा कार्यकर्ताले शान्तिनगरचोकमा टायर बालेर सवारी आवागमन ठप्प पारेका छन् ।
गाउँपालिकाका अध्यक्षलाई नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता सिद्धिबहादुर कटुवालले गत चैत २८ गते दुर्व्यवहारसहित हातपात गरेका थिए ।































प्रतिक्रिया