नवनियुक्त बागमतीका मुख्यमन्त्री लामासहित १३ मन्त्रीले आज शपथ ग्रहण गर्दै

नवनियुक्त बागमतीका मुख्यमन्त्री लामासहित १३ मन्त्रीले आज शपथ ग्रहण गर्दै

केन्द्रबिन्दु
33
Shares

बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाको आज शपथ ग्रहण गर्ने  भएका छन् । उनले आज बिहान ११ः११ बजे प्रदेश प्रमुख कार्यालय हेटौंडामा शपथ ग्रहण गर्ने तय भएको हो ।  

मंगलबार साँझ ५ बजे प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका लामालाई एमाले २७ र कांग्रेसका ३७ गरी ६४ सांसदहरूको समर्थन रहेको छ । लामासहित १३ मन्त्रीको शपथ ग्रहण पनि आज नै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण प्रसाद सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालय र कांग्रेसका अन्य ६ जना मन्त्रीको पनि आज शपथ ग्रहण हुने भएको हो ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका मन्त्रीले शपथ ग्रहण गर्नेछन् ।

Skip This
Skip This
Logo