विमान दुर्घटनाबारे ब्रिफिङ लिँदै प्रधानमन्त्रीले भने, ‘अब यस्तो नहोस्’

विमान दुर्घटनाबारे ब्रिफिङ लिँदै प्रधानमन्त्रीले भने, ‘अब यस्तो नहोस्’

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा हवाई दुर्घटनाजस्ता दुःखदायी घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनास्थल अवलोकनपछि नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा आज बिफ्रिङ लिँदै प्रधानमन्त्रीले आगामी दिनमा हवाई दुर्घटनाजस्ता घटना नहोस् भन्नेतर्फ सबै सजग हुनुपर्छ भने । उनले घटना कसरी भयो, मानवीय वा प्राविधिक कमजोरी भयो ? भन्ने बुझ्न आग्रहसमेत गरे ।

प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद्, हृदयविदारक र अकल्पनीय भएको बताए ।

ब्रिफिङमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा र कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौला रहेका थिए । आज बिहान काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको हो ।

Skip This
Skip This
Logo