चितवन । सत्तापक्ष र प्रतिपक्षका दुई प्रभावशाली नेताले सहमति र सहकार्यको विकल्प नभएको बताएका छन् । एकअर्कामा आरोपप्रत्यारोप चलिरहँदा सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले सहमति र सहकार्यको विकल्प नभएको बताएका हुन् ।
नेपालमा भएका अहिलेसम्मका राजनैतिक उपलब्धी सहमति र सहकार्यबाट मात्रै सम्भव भएको बताउँदै त्यसमा निरन्तरता दिनुपर्नेमा दुवै नेताको जोड थियो । भरतपुरको लंकुमा स्थापना गरिएको जेम्स फन पार्कको उद्धघाटन गर्दै दुवै नेताले सहमतिको वातावरण तयका लागि जोड दिए।
नेकपा अध्यक्ष प्रचण्डले राजनीतिक सहमतिका लागि नेपाली कांग्रेसलाई आह्वान गरे । सरकार सहमति गर्न तयार रहेको भन्दै उनले विकास र समृद्धिको सपना पूरा गर्नका लागि कांग्रेस महामन्त्री कोईरालामार्फत सहमति र सहकार्य आग्रह गरे।राष्ट्रिय सहमतिले मात्रै पंचायत विरोधी आन्दोलन हुँदै शान्ति प्रकृया सफल हुँदै लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको स्मरण गराए ।
अब विकास र समृद्धिको यात्रा पनि त्यसैगरी पूरा गर्न महामन्त्रिमार्फत कांग्रेसलाई आग्रह गरे । उनले विकास र समृद्धि सरकारको मुख्य एजेण्डा भएको बताए ।
कांग्रेस महामन्त्रि कोईरालाले पनि सरकारले सहमतिको वातावरण बनाउन नसकेको बताए। सरकार गठनको एक वर्षभन्दा बढी हुँदा पनि सरकारको दिशा अल्मलिएको आरोप लगाए। प्रतिपक्षीको हैसिएतमा रचनात्मक रुपमा प्रस्तुत हुँदा सरकारले त्यसको अवमूल्यन गरेको बताए ।
२५ करोडको लागतमा भरतपुर महानगरपालिका वडा नम्बर चारस्थित लंकुमा निर्माण गरिएको जेम्स फनपार्कको प्रचण्ड र कोईरालाले उद्घाटन गरेका थिए ।































प्रतिक्रिया