सभापतिसँग चर्काचर्की परेपछि पूर्वमन्त्री किरातीले बहिस्कार गरे संसदीय समितिकाे बैठक

सभापतिसँग चर्काचर्की परेपछि पूर्वमन्त्री किरातीले बहिस्कार गरे संसदीय समितिकाे बैठक

केन्द्रबिन्दु
66
Shares

पूर्वसस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बहिस्कार गरेका छन् ।

बिहीबार बसेको बैठकमा समितिका सभापति राजकिशोर यादवसँग चर्काचर्की परेपछि किरातीले बैठक बहिस्कार गरेका हुन् । आज ईयु सेफ्टी लिस्ट तथा नागरिक उड्डयन, नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमति, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगती र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाडामा रहेका पसल कवलहरुको सम्झौताको सम्बन्धमा छलफल गर्ने कार्यसूची थियाे ।

तर, समिति सभापति यादवले समय कम रहेकाले सांसद किरातीलाई विषयवस्तुमा केन्द्रित रहेर बोल्न आग्रह गरेपछि भनाभनकाे स्थिति पैदा भएकाे थियाे । एजेन्डा राखेपछि हामीले बोल्न नपाउने भन्दै किरातीले बैठक बहिस्कार गरेका हुन् ।

Skip This
Skip This
Logo