मानव अधिकार संरक्षणको हक कागजमा मात्र सीमित भयोः महामन्त्री शर्मा

मानव अधिकार संरक्षणको हक कागजमा मात्र सीमित भयोः महामन्त्री शर्मा

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधानको धारा धारामा मानव अधिकार संरक्षणको हक लेखिए पनि त्यो कागजमा मात्र सीमित भएको बताएका छन् ।

शनिबार राजधानी काठमाडौँमा भएको मानव अधिकार संरक्षण सम्बन्धी कार्यक्रममा बोल्दै उनले मानव अधिकार र सम्पत्तिको हक लेखिएको भए पनि कार्यान्वयनमा नआएको बताएका हुन् ।

उनले भने, ‘हामीले संविधानको धारा धारामा मानव अधिकारको व्याख्या लेख्यौं । सम्पत्तिको हक लेख्यौँ, समानताको हक लेख्यौँ, स्वास्थ्यको हक लेख्यौँ, यातना विरुद्धको हक लेख्यौँ, सूचनाको हक लेख्यौँ । तर हकका कुरा लेखिए पनि गाउँ समाजमा एउटा मान्छेले बाच्नको लागी आत्मसम्मान पाइरहेको छैन ।

साथै उनले सबैखाले हकहरूको सार हाम्रो समाज भएको बताए । उनले यही समाजमा हरेक नागरिकले आत्मसम्मान पायो भने मात्र मानव अधिकार संरक्षणको सबै विधा काम लाग्ने जिकिर गरे । शर्माले मानव अधिकार हकको वकालत गर्नका लागि राज्यले त्यसको प्रत्याभूति गर्नुपर्ने बताए । उनले भने, ‘वकालत गर्न सबै नागरिकलाई समानता प्रदान राज्यले गर्नुपर्छ । तर हरेकलाई अवसर दिलाउन सकिरहेका छैनौँ । २१ औँ शताब्दीमा पनि हामी छुवाछुत भनेर मानिरहेका छौँ यसरी कसरी नागरिकलाई समानता प्रदान गर्नसक्छ ।’

Logo