संविधान संशोधन गर्न खाेजे सडकमा पलेँटी कस्न तयार छाैंः अध्यक्ष प्रचण्ड

संविधान संशोधन गर्न खाेजे सडकमा पलेँटी कस्न तयार छाैंः अध्यक्ष प्रचण्ड

केन्द्रबिन्दु
54
Shares

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्ने चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बाेल्दै अध्यक्ष प्रचण्डले भने, ‘संविधान संशोधनको नाममा प्रतिगमनतिर नेपाली जनतालाई निकै ठूलो त्याग र बलिदान गरेर प्राप्त गरेको अधिकार खोस्ने जो दुस्साहस हुँदै छ, हाम्रो त्यहाँ विरोध हो । हामी कुनै पनि हालतमा त्यसो गर्न दिने छैनौँ । हामी फेरि जरुरी पर्छ भने सडकमा पलेँटी कसेर भए पनि, जनताको साथमा बसेर भए पनि तिनीहरूको त्यो दुष्प्रयास सफल हुन दिने छैनौँ ।’

नेपाली कांग्रेस र नेकपा (एमाले)ले गर्न खोजेको संविधान संशोधन भनेको जनताले प्राप्त गरेका अधिकारलाई खोस्न खोज्ने, त्यसलाई उल्ट्याउने र देशलाई फेरि पहिलेकै निरंकुशतातिर लैजान चाहने खालको भएको उनले जिकिर गरे ।

Skip This
Skip This
Logo